0 COMMENTS

असोज १४, सुनसरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सुनसरी जिल्ला अधिवेशन सम्पन्न गरिएको छ । सुनसरीको इटहरीमा आयोजना गरिएको जिल्ला अधिवेशनको खुल्ला सभाको अध्यक्षता क रबिकिण ,संचालन पारस र स्वागत मन्तब्य निरुले गरेका थिए ।

अधिवेशनका प्रमुख अतिथि रामसिंह श्रीषले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । अधिवेशनका अन्य अतिथिहरुमा संगम, सरल, बिद्रोही, विद्युत, विवेक र वलदेब रहेका थिए । सहभागि सबै अतिथिहरुले अधिवेशन सफलताको शुभकामना दिँदै पार्टी एकतालाई एउटा सार्थक एकतामा रुपान्तरण गर्नुपर्ने कुरामा जोड दिए ।

उद्घाटन सभा समापन लगत्तै शुरु भएको बन्दशत्रले विवेक, वलदेब, सुजता रहेको अध्यक्ष मण्डल गठन भएको थियो, जसमा अध्यक्ष विवेक, संचालन वलदेब र माइन्युट लेखन सुजताले गरेका थिए ।

पारस सेक्रेटरी रहेको २५ सदस्यीय जिल्ला समितिमा २५ प्रतिशत पछि मनोनित गर्नेगरी बाँकी सबै सदस्यहरूको प्यानलको प्रस्ताव सर्बसहमतिले पारित गरियो । बन्दशत्रमा प्रतिवेदन रबिकिरणले पेश गरेका थिए । अन्त्यमा नवनिर्वाचित समितिलाई रामसिंहले सपथग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।