0 COMMENTS

असोज १४, काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका नेपालीका निम्ति आउँदो बडादसैँको शुभसाइत सार्वजनिक गरेको छ । यही असोज ११ गते बसेको बैठकबाट विभिन्न देशका निम्ति दसैँको शुभसाइत तय गरिएको समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीले बाह्रखरीलाई जानकारी दिए ।

नेपालका निम्ति भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै शुभसाइत सार्वजनिक गरिसकेको छ । नेपालमा असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।

समितिका अनुसार, भारतको देहली (दिल्ली)मा सन् २०२४ अक्टोबर १२ को बिहान ११:४२ बजे दसैँ टीकाको शुभसाइत रहेको छ । अमेरिकाको न्युयोकमा २०२४ अक्टोबर १२ को बिहान १०:०१ मा शुभसाइत रहेको छ ।

अस्ट्रेलियाको सिड्नीमा २०२४ अक्टोबर १३ को बिहान ११:२१ बजे शुभसाइत रहेको छ । जापानको टोकियोमा २०२४ अक्टोबर १३ को बिहान ११:३५ बजे दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।

विभिन्न देशका दशैंको शुभसाइत…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।