0 COMMENTS

असोज १४, काठमाडौँ । अविरल बर्षाका कारण काठमाडौँ उपत्यकासहित देशैभर भएको धनजनको क्षतिप्रति गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उद्दार, राहतलगायतका विषयमा सरकारको ५ बुँदे ध्यानाकर्षण गराएको छ । सो पार्टीका प्रवक्ता सुदर्शनले आइतबार प्रेस वक्तव्य जारी गर्दै सरकारको ५ बुँदे ध्यानाकर्षण गराएका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘यो प्राकृतिक प्रकोपबाट पिडित जनतालाई राज्यले श्ीघ्राति शीघ्र क्षतिपूर्ति, राहत, उद्धार र घाइतेहरुको उपचार गर्नुपर्दछ । यसका साथसाथै नख्खु खोलामा रहेको एक झुपडीमा बसोबास गर्ने एक परिवारलाई उद्धार गर्ने समय हुँदाहुँदै पनि टुलुटुलु हेरेर बस्ने सरकारको गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्दछ ।, यस्तो प्राकृतिक प्रकोपलाई विस्तार गर्ने दलाल पूँजीवादी क्रियाकलापहरु बन्द गरी खोला र नदी किनारको प्राकृतिक अवस्था फिर्ता गरेर शहरहरुलाई व्यवस्थित गर्नुपर्दछ । यसका साथसाथै वास्तविक सुकुमवासीहरुलाई उचित स्थानमा उचित व्यवस्थापन गरिनुपर्दछ ।, अराजक नदीजन्य उत्खनन्को फुक्काफाल वनफडानी तथा वनमा आगजनी अवैज्ञानिक सडक निर्माण र त्यसमा यन्त्रहरूको प्रयोग बन्द गरिनुपर्दछ ।, यो प्राकृतिक प्रकोपबाट पीडित जनताको उद्धार कार्यमा हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सबै स्तरमा सक्रिय सहभागी हुन विशेष निर्देशन गर्दछौँ ।, र यो प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवारजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।