0 COMMENTS

असोज ९, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न भएको छ। जिल्ला संयोजक विवेकको अध्यक्षता, जिल्ला सह-संयोजक टेकहरी न्यौपानेको सञ्चालन र रामकुमार दोङको स्वागतमा सोमबार सम्पन्न भएको हो।

सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा वरिष्ठ नेता गौरव रहेका थिए । अतिथिहरूमा कार्यालय सदस्य तथा प्रवक्ता सुदर्शन, कार्यालय सदस्य तथा ३ नंं. प्रदेश संयोजक अटल, सचिवालय सदस्य तथा ३ नं. प्रदेश सह-संयोजक प्रभात, सचिवालय, सदस्य तथा ३ नं. प्रदेश सह-संयोजक प्रवेश सदस्य दलसिंङ खत्री रहेका थिए ।

ज्ञात-अज्ञात सहिदहरूप्रति एक मिनेट मौन धारण गरिएको थियो । सम्मेलन सफलताको शुभकामना दिनेहरूमा प्रमुख अतिथि गौरव, प्रवक्ता सुदर्शन, ३ नं. प्रदेश संयोजक अटल र सह-संयोजक प्रभात रहेका थिए । सम्मेलनले १५ सदस्सीय भक्तपुर जिल्ला समिति चयन गरेको छ । जसमा सचिव विवेक र सह-सचिव टेकहरी न्यौपाने रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।