0 COMMENTS

असोज ८, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता अधिवेशनको पूर्व सन्ध्यामा नवलपुरका नगर तथा गाउँपालिकाको सम्मेलन तथा भेलाहरु तीब्र बन्दै गएको छ । सोही क्रममा २०८१ असोज ५ गतेका दिन देवचुली नगरपालिकाको नगर भेला सम्पन्न भएको जिल्ला संयोजक दीपकले जानकारी दिए । भेलाले बिजय सचिव र पर्खाल सह सचिव रहेको ११ सदस्यीय पालिका समितिको चयन गरेको हो ।

नगर संयोजक विजयको अध्यक्षता तथा सह संयोजक पर्खालको सञ्चालन एवम् प्रसादको स्वागत मन्तव्य पछि महान सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो । भेलामा केन्द्रीय सचिवालय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज अनुकूलको प्रमुख आतिथ्यता जिल्ला संयोजक दिपक सह संयोजक न्युजर्ज र प्रदेश सदस्य पुष्पको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला संयोजक दिपकले देवचुली नगर समितिको प्यानल प्रस्ताव पेश गरेका थिए भने, पुष्प र न्युजर्जले भेलामा शुभकामना तथा निर्वाचित समितिलाई बधाई दिएका थिए । भेलाले संगठनात्मक र आर्थिक विषयमा महत्त्वपूर्ण निर्णय लिनुका साथै आगामी कार्तिक १४ र १५ गते हुने जिल्ला सम्मेलनको लागि प्रतिनिधि छनोट गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।