0 COMMENTS

साउन ३१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा गएरातिदेखि नै वर्षा भइरहेको जनाएको छ । आज दिउँसो र राति नै वर्षा हुने महाशाखाले जनाएको छ । दिउँसोभन्दा राति ठूलो वर्षाको सम्भावना छ । दिउँसो हल्कादेखि मध्यम वर्षा हुँदा राति भारी वर्षा हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतया बदली छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार दिउँसोभन्दा राति ठूलो वर्षा हुनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैबीच, पूर्वी नेपालका विभिन्न स्थानमा गएराति वर्षादेखि नै भइरहेको छ । खोटाङको ऐंसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुङ्गाको ओखलढुङ्गा, मानेभन्ज्याङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।