0 COMMENTS

साउन २२, बागलुङ । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर फेरि अवरुद्ध भएको छ । सोमबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिए । करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको उनले बताए । अहिले वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने प्रनाउ यादवले बताए ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । पहिरोले सडक नै भासिएको छ । गत साता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएकोमा गए रातिको वर्षाले पुनः अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।