0 COMMENTS

साउन १०, काठमाडौँ । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

यससँगै बैठकले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । नागरिक उड्ययन प्राधिकरणका पूर्वडीजी रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा सौर्य एयरको जहाज बुधवार बिहान दुर्घटनामा परेको थियो । उडान भरेको केही सेकेण्डमै दुर्घटनामा परेको जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ ।

जहाजका चालक मनीषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो । घाइते भएर उपचारत उनी खतरामुक्त रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।