0 COMMENTS

वैशाख ९, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमन प्रभावकारी बनाउन बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएका छन् । केही दिनयता विभिन्न कारणहरु देखाई अत्यावश्यकीय वस्तुहरुको मूल्यबृद्धि भएको र कतिपय वस्तुको अभाव देखिएको जनगुनासो बढेपछि मन्त्री बडूले विभागका महानिर्देशक लीलाप्रसाद शर्मालाई बोलाएर अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

मन्त्री बडूले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, मौज्दात तथा बिक्री वितरणको अवस्थाबारे निरन्तर अनुगमन गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । आयातमा कडाइ, उत्पादन अभाव लगायतका कारण देखाइ व्यापारीले उपभोग्य वस्तुको मूल्यमा बृद्धि गरेका छन् । बजारमा कतिपय वस्तुको अभाव देखिएको भन्दै फैलाइएका नकारात्मक हल्लाले जनतामा त्रास फैलिएको भन्दै मन्त्री बडूले यथार्थ विवरणबारे जानकारी दिनसमेत निर्देशन दिएका छन् ।

त्यसलगत्तै पत्रकार सम्मेलन गरेको विभागले ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीमार्फत बजार अनुगमन गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको महानिर्देशक शर्माले बताए । अनुगमन प्रभावकारी बनाउन मन्त्रालयसँग थप जनशक्ति माग गरिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।