0 COMMENTS

साउन ४, काठमाडौँ । रौतहटमा मुस्लिम समुदायले दाहा मनाउने क्रममा झडप हुँदा १९ सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका-६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृङ्खल गतिविधि भएपछि धकेलाधकेलको स्थिति सिर्जना भएको थियो ।

केही युवाहरू उच्छृङ्खल भइरहँदा प्रहरीले माइकिङ गरेर शान्त रहन आग्रह गरेको थियो । तर, सोही क्रममा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो । जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका हुन् । स्थिति नियन्त्रणमा लिन १२० प्रहरी खटिएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए । त्यसपछि स्थिति नियन्त्रण आएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।