0 COMMENTS

असार २०, काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले बुधबार संवैधानिक इजलासका कारण सुनुवाइ नभएपछि आज फैसला सुनाउँदैछ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा दुई जना कानुन व्यवसायीले जवाफी बहस सकेपछि फैसला सुनाइने भएको हो।

यसअघि मङ्गलबार नै इजलासले फैसला सुनाउन चाहेको थियो । तर दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि हेर्दा हेर्दैमा राखिएको थियो । रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेपछि इजलासले हेर्दा हेर्दै राखिएको थियो । बुधबारलाई पेशी तोकिए पनि संवैधानिक इजलासको मुद्दा हेर्दा हेर्दै भएकाले हिजो स्थगित गरिएको थियो ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए । रिटमा केही समय अघि महान्यायाधिवक्ता क्लिन चिटको अर्थ लाग्ने गरी कतै पनि अभियोग र अनुसन्धान नभएको भनी दिएको पत्र पनि बदर गर्न माग गरिएको छ।

उक्त रिटमा असार ७ गते देखि अन्तिम सुनुवाइ सुरु भएको थियो । हेर्दा हेर्दै रहेको उक्त मुद्दामा आज बहस सकेर फैसला सुनाउने भनिएपछि बहस नै बाँकी रहेपछि हेर्दा हेर्दै राखिएको हो । आज दुई जना रिट निवेदकका कानुन व्यवसायीको जवाफी बहस सुनेर फैसला सुनाउने सर्वोच्चको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।