0 COMMENTS

असार ६, पोखरा । महानगरपालिकाका पुलिसहरूले अस्वभाविक रूपमा मजदुर महिलाहरूलाई लछारपछार गर्दै पाँचजनालाई गिरफ्तार गरी हिरासतमा राख्ने र झुठ्ठा मुद्दा चालउन खोजिएको भन्दै सर्वत्र विरोध भइरहेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघले पोखरा महानगरपालिका भित्र रहेका साना स्वरोजगार पसल मजदुरहरूको हक हितको लागि १७ बुँदे मागसहित चरणवद्ध महानगरपालिकामा धर्ना, चक्काजामलगायतको सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको छ । सङ्गठनका संयोजक बलराम तामाङले एक प्रेस वक्तव्यमार्फत गिरफ्तार मजदुरहरूलाई तत्काल रिहाइ नगरे सङ्घर्षका कार्यक्रमहरू गर्न बाध्य हुने बताएका छन् । गिरफ्तार पर्नेहरुमा मिना नेपाली, नानुमायाँ क्षेत्री, विन्दु परियार, कमला परियार, अस्मिता सुनार र सरू परियार रहेका छन् ।

प्रेस वक्तव्यमा भनिएको छ, ‘हाम्रो सङ्गठन अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघ पोखरा महानगरपालिका भित्र रहेका साना स्वरोजगार पसल मजदुरहरूको हक हितको लागि निरन्तर १७ बुँदे मागसहित चरणवद्ध आन्दोलन गर्दै आइरहेको कुरा सर्वविदितै छ ।’

वक्रव्यमा अगाडि भनिएको छ, ‘पोखरा महानगरपालिका महजदुरहरूको मागहरू सम्बोधन गर्नु भन्दा पनि आन्दोलनलाई थप उत्तेजित पार्ने नियोजित ढङ्गले अघि बढिरहेको छ । मिति २०८१/०३/०५ गते मजदुरहरू आफ्नो व्यापारको लागि सामान लिन फलफुल तथा सब्जीमण्डी जाँदै गरेको अवस्थामा नियोजित तरिकाले घुसपैठ गरी मादक पदार्थ सेवन गरी डिउटीमा खटिएका महानगरपालिकाका पुलिसहरूले अस्वभाविक रूपमा मजदुर महिलाहरू माथि बुट, लाठी र लछारपछार गरि उल्टै मजदुर महिलाहरूलाई गिरफ्तार गरी हिरासतमा राख्ने र झुठ्ठा मुद्दा चालउन खोजिएको छ ।’

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘गिरफ्तार मजदुरहरू (१) मिना नेपाली, (२) नानुमायाँ क्षेत्री, (३) विन्दु परियार, (४) कमला परियार, (अस्मिता सुनार, (५) सरु परियार लगायतलाई ससम्मान विनासर्त रिहाइ गरियोस् । अन्यथा हाम्रो सङ्गठन अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्की निम्नानुसार सङ्घर्षका कार्यक्रमहरू गर्न बाध्य हुनेछ । सङ्घर्षका कार्यक्रमहरू–(१) मिति : २०८१/०३/०६ गते महानगरपालिका कार्यालय अगाडि कोणसभा ।, (२) मिति : २०८१/०३/०७ गते महानगरपालिकामा धर्ना कार्यक्रम ।, (३) मिति : २०८१/०३/०८ गते महानगरपालिका अगाडि १ घन्टा चक्काजाम ।, (४) मिति : २०८१/०३/०९ गते मसाल जुलुस कार्यक्रम रहेकाे छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।