0 COMMENTS

असार १, भक्तपुर । घरको घरमूलीले एउटा गलत निर्णय गरेभने समग्र परिवारले त्यसको असर भोग्नुपर्छ । परिवारका सदस्यले दुःख पाउँछन् । यदि देश चलाउने जिम्मा लिएकाले गलत निर्णय गरे भने त्यसको असर समग्र जनतामा पर्छ । जनताले त्यसको भुक्तान जुगैजुगसम्म चुकाउनुपर्छ ।

मुलुकमा कोरोना देखिएपछि सरकारले दुईपटक लकडाउन पर्यो । पहिलोपटकः २०७६ चैत ११ र दोस्रोपटक २०७८ वैशाख १६ गते । जनताले तिरेको अर्बौं रुपैयाँ खर्च गरेर सरकारले कोरोना खोप किन्यो । सरकारले राहत पनि बाँड्यो । खोप खरिद र राहतमा ठूलो भ्रष्टाचार भयो ।

जनताले निःशुल्क पाउनुपर्ने खोप सरकारी कर्मचारीहरुले पाँच हजार रुपैयाँसम्म लिएर बेचेको सुन्नमा आएको थियो । जबकी त्यो जनताले तिरेको करबाटै खरिद गरिएको थियो । राहत पनि आफ्नै आफन्तलाई बाँडे । पहुँच नभएकाले न खोप पाए न राहत । ऊ पनि त नेपालकै नागरिक थियो ।

खोप लगाएकाहरुलाई अहिले विभिन्न स्वास्थ्य समस्या देखिएको छ । हातखुट्टा लाटो हुने, शरीर दुख्नेजस्ता समस्या भएको खोप लगाएकाहरु सुनाउँछन् । कोरोनाबाट बच्न लगाइएको खोपले उल्टै स्वास्थ्य समस्या निम्त्याएको छ । खोप लगाउनेहरुले खोपले नै स्वास्थ्यमा समस्या देखिएको महसुश गरेका छन् ।

तर, सरकारलाई मतलब छैन् । त्यतिबेला सरकारमा भएकाहरुलाई त कमाउने माध्यम भयो, जनताचाँहि रोगी बने । कमिशन खानका लागि सरकारले हतारहतार खोप खरिद गर्ने निर्णय गर्यो । यता, विभिन्न देशले त्यतिकै दिएको खोप पनि लियो । सरकारमा बस्नेहरु जनताप्रति अलिकति पनि जिम्मेवार छैनन् भन्ने यो एउटा उदाहरण मात्र हो ।

हाम्रो देशका न राजनीतिक दल जनताप्रति जिम्मेवार छन् न व्यापारी । कमिशन खान पाए भइगो । सरकार पनि व्यापारीकै कुरा सुन्छ । किन कि कमिशन दिने त व्यापारी नै हुन् । व्यापारीको त उद्देश्य नै कमाउने हो । नेताहरुले त यो खोप नै लगाएनन् होला । किन कि उनीहरुलाई त यहाँको स्वास्थ्य क्षेत्रमाथि नै विश्वास छैन् ।

थोरै पेट दुख्यो भने त विदेश पुग्छन्, जनताले तिरेको कर खर्चेर । त्यसैले यिनीहरुले यहाँ खोप लगाउनु परको कुरा हो । नेताहरुलाई आफ्नो ज्यानको एकदमै माया छ । तर, जनताको हकमा मरे मरको अवस्था छ । सर्वसाधारणसँग उपचार गराउन विदेश जानसक्ने हैसियत छैन् ।

किन कि यहाँ धेरै गरिब छन् । मेडिकल गएर सिटामोल किन्न नसक्ने जनता यहाँ छन् । सरकारमा बस्नेहरु यहाँको अस्पताल सुधार गर्नुको साटो विदेश दौडिन रुचाउँछन् । कमिशन जो खान पाइन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला लकडाउन भयो ।

सो अवधिमा सबैभन्दा धेरै विदेश ऋण लिएको पाइन्छ । तर, त्यो पैसा कहाँ गयो ? जनताको टाउकोमा त ऋणको भारी बोकाइएको छ । नेताहरु यस्ता ‘फटाहा’ भएकि के भन्ने ? जताबाट पनि खाने । जनता भोकभोकै मरिरहेका हुन्छन्, उनीहरु भ्रष्टाचारमै व्यस्त हुन्छन् ।

विडम्बना, जनताको आँखा खुल्दैन् । नेताहरुले के गरे ? भन्ने कुरा उनीहरु छिटो बिर्सिन्छन् । जनतालाई कतै सेवासुविधा छैन् । छ त नेता र तिनका झोलेहरुलाई मात्र । स्वास्थ्य एकदमै संवेदनशील क्षेत्र हो । तर, यही क्षेत्रमा सबैभन्दा धेरै भ्रष्टाचार छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका धेरैलाई भ्रष्टाचारको आरोप लागिसकेको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडा, उपेन्द्र यादव, पद्मा अर्याल, भानु ढकाललगायतका भ्रष्टाचारको आरोप लागेको थियो । भ्रष्टाचारको आरोप लागेपनि छानबिन हुँदैन् । भएपनि जोगाइन्छ । सरकारले धेरै थरीका औषधी निःशुल्क बनाएको छ । जनताले ती औषधी निःशुल्क पाउनुपर्छ ।

तर, स्वास्थ्यकर्मीहरु त्यो औषधी मेडिकलमा लगेर बेच्छन् अनि पैसा आफ्नो खल्तीमा हाल्छन् । अहिले पनि कतिपय जिल्लाको स्वास्थ्य कार्यालयमा सिटामोल पाइँदैन् । सिटामोल नभएर जनता तप्तपिरहेका हुन्छन्, तर राजनीतिक दल, सरकारी कर्मचारी कमिशन खानमै मस्तमगन छन् ।

जनताको नजरमा राजनीतिक दल र सरकारी कर्मचारी भ्रष्टाचारी हुन् । उनीहरुले पाए देशै बेचेर खाने जनता बताउँछन् । सरकारले त्यतिबेला एक जनामा कोरोना देखिनेबित्तिकै लकडाउन गर्यो । हामी जनता बचाउँछौं भन्यो । तर, सरकारको उद्देश्य त अर्कै थियो । कमिशन जो आउने थियो ।

अहिले त जनता ऋण तिर्न नसकेर आत्महत्या गरिरहेको छन् । यद्यपि, सरकार वास्तै गर्दैन् । कसैको सहकारीले पैसा खाइदिएको छ त कसैलाई बैंक तथा वित्तिय संस्थाले बिल्लीबाठ बनाएको छ । खान नपाएर कतिपयले मृत्युको बाटो रोजिरहेका छन् । सरकारलाई अहिलेचाँहि चासो छैन् ।

सरकारमा बस्नेहरुका लागि जनता भोट र नोट हुन् । जनताबाट भोट लिने, सरकारमा जाने अनि जनताले तिरेकै करमा मोजमस्ती गर्ने । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको छ । विकास भन्ने भ्रष्टाचार गर्ने, शिक्षाको नाममा पनि भ्रष्टाचार । आगामी आर्थिक वर्षका लागि सरकारले शिक्षामा ठूलो बजेट छुट्याएको छ ।

तर, शिक्षा क्षेत्रमा के सुधार भएको छ ? सरकार बजेट छुट्याउँछ तर १२ पास गरेपछि कोही यहाँ बस्नै मान्दैन् । अनि शिक्षामा छुट्याइएको बजेटमा पनि भ्रष्टाचार हुन्छ । अहिले अधिकांश कन्सल्टेन्सी, म्यानपावर राजनीतिक दल र सरकारी कर्मचारीकै छ । एकातिर शिक्षाको नाममा छुट्याइएको बजेटमा भ्रष्टाचार गर्ने अर्कोतिर विद्यार्थी विदेश पठाउँदा कमाउने ।

शिक्षा क्षेत्रमा किन सुधार भइरहेको छैन् ? कसैको ध्यान यता गएको छैन् । आफ्नै कार्यकर्तालाई शिक्षक भर्ती गरेका छन् । पढ्न नजान्नेले अरुलाई के पढाउँछ ? गरिबको नाममा गीत गाउने अनि कमाउने । गरिबको नाम बेच्ने आफू माथि पुग्ने खेल भयो । देश र जनता कमाइखाने भाडो मात्र बन्यो ।

कोही गरिब कै नाम बेचेर लाखौंको घडी बान्ने भए । कोही महलमा बस्ने भए । तर, जनता जहाँको त्यही छन् । अहिले पनि जनता राजनीतिक दलको कार्यक्रममा जान्छन् । त्यहाँ गएर ताली पिट्छन् । किन कि तिनले नेताहरुको असली अनुहार देखिसकेका छैनन् । देशलाई तिनले कहाँ पुर्याए ? जनताले बुझेका छैनन् ।

जनताहरु पनि सही, गलत छुट्याउन नसक्ने भए । आफ्ना नेताप्रति उनीहरु आँखा चिम्लेर भरोसा गर्छन् । जसको गलत फाइदा तिनले उठाएका छन् । उनीहरुको गल्ती जनताले देखाइदिनुपर्छ । गलत छन् भने विरोध गरिदिइहाल्नुपर्छ । नाकि ताली पिट्ने हो । जो हेर्यो गफ मात्र ठोक्ने खालको भए ।

सबै व्यक्तिगत स्वार्थमै रमाएका छन् । वास्तवमा भन्दा नेपालमा जनता नै छैनन् । सबै पार्टीका कार्यकर्ता हुन् । जनता त पेट पाल्न विदेश गएका छन् । यहाँ त नेताका झोले छन्, जो तिनले जति गलत गरेपनि वाहीवाही गरिरहन्छन् । कार्यकर्ताकै कारण पनि देश सकिएको हो ।

देश र जनताको भाव देखाएर गीत गाउनेहरुलाई कार्यकर्ताले नै बहिष्कार गर्नुपर्छ । पहिलो त कार्यकर्ताको आँखा खुल्नुपर्यो । अब कार्यकर्ता होइन्, जनता बनौं भनेर सोच्नुपर्यो । देशमा जतिपनि निर्णय हुन्छ, त्यो कमिशन खानकै लागि हुन्छ । नाकि देश र जनताको लागि । त्यसैले जनताले जबसम्म खबरदार गर्दैनन् तबसम्म यो चलिरहन्छ ।

जनता चुइक्क नबोल्ने, नेताहरु विदेशी ऋणमा मोजमस्ती गरिरहने । हरेक नेपाली टाउको ऋणको भार बढेको बढ्यै छ । तर, जनतालाई नै मतलब छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।