0 COMMENTS

कात्तिक २५, रुपन्देही ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागको आयोजनामा जारी केन्द्रीय महाधिवेशन आयोजक समितिको ६ दिवशीय केन्द्रीय स्कुलिङ कार्यक्रम शुक्रबार समापन गरिएको छ । रुपन्देहीको देवदह–६ को तमु समाज हलमा आइतवारबाट शुरु भएको कार्यक्रम शुक्रबार एक समारोहबीच समापन भएको  उक्त पार्टीले जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीको पाँच नम्बर प्रदेश संगठन समिति र चार नम्बर प्रदेश संगठन समिति अन्तरगतका बिभिन्न जिल्लाहरुमा कार्यरत केन्द्रीय महाधिवेशन आयोजक समितिमा आबद्ध नेताहरुका लागि संयुक्त रुपमा स्कुलिङ कार्यक्रम आयोजना गरिएको थियो । समापन कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य तथा केन्द्रीय कार्यालयका सचिव बसन्तको अध्यक्षतामा केन्द्रीय कार्यालय सदस्य तथा स्कुलिङ बिभाग प्रमुख राजबीरको प्रमुख आतिथ्यतामा भएको थियो ।

स्कुलिङमा केन्द्रीय कार्यालय सदस्य तथा प्रबक्ता कञ्चन, केन्द्रीय कार्यालय सदस्यहरु प्रीतम, प्रबीर, दीपक र भीषण, सचिवालय सदस्यहरु गति, निखिलेस र हुकुमलगायतले कक्षा संचालन गरेको केन्द्रीय कार्यालय सदस्य तथा पाँच नम्बर इन्चार्ज प्रमोदले जानकारी गराउनुभयो । पार्टीका नीति कार्यक्रम र कार्यदिशाको अनुसन्धान गर्दै महाधिवेशन सम्पन्न गर्ने पुर्व तयारी स्वरुप देशैभर पार्टीले स्कुलिङ गर्दै आएको उहाँको भनाई थियो ।

कार्यक्रममा दर्शनशास्त्र, अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवाद, राजनीतिक अर्थशास्त्र, सैन्य बिज्ञान, कला तथा सौन्र्दयशास्त्र, बिज्ञान र प्रबिधि, पार्टी संगठन परिचालन, राजनैतिक कार्यदिशा, लगायतका विभिन्न विषयमा कक्षा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।