0 COMMENTS

कात्तिक २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले हाल सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ । बिहान लुम्बिनी प्रदेशको केही स्थानमा सामान्य वर्षा भएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा मौसम सामान्य रहनेछ । यसैगरी, सुदूर-पश्चिम  र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति मुलुकका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।