0 COMMENTS

कात्तिक १६, काठमाडौँ । अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अखिल नेपाल लेखक सँघका केन्द्रीय उपाध्यक्ष, साँस्कृतिक रूपान्तरण अभियान नेपालका सचिव, प्रगतिवादी लेखक, संस्कृतिकर्मी परशुराम कोइराला र भाइहरू शोभाकान्त, दीपक, संसार, पृथ्वी कोइरालाका श्रद्धेय आमा प्रगतिशील आन्दोलनकी आदरणीय अभिभावक सीता कोइरालाकाे ८२ बर्षकाे उमेरमा कार्तिक १५ मा निधन भएकाे भन्दै नेपाल राष्ट्रिय प्राध्यापक संगठनले श्रद्धाञ्जली वक्तव्य जारी गरेकाे छ ।

संगठनका अध्यक्ष प्रा.डा.जगदीशचन्द्र भण्डारीले जारी गरेकाे वक्तव्यमा उहाँकाे निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै प्रगतिशील सांस्कृतिक आन्दोलनका सहयोगी, शुभेच्छुक कोइराला परिवारजन र आफन्त सबैप्रति हार्दिक समवेदना व्यक्त गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।