0 COMMENTS

कात्तिक १४, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको जनाएको हो ।

घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य पहिलो वर्गमा १६१ रुपैयाँ ५० पैसा, दोस्रोमा १६३ र तेस्रोमा १६४ रुपैयाँ कायम हुनेछ। पेट्रोलको भाउ भने पहिलो वर्गमा १६९ रुपैयाँ ५० पैसा, दोस्रोमा १७१ र तेस्रोमा १७२ रुपैयाँ नै कायम हुनेछ । अन्य पेट्रोलियम पदार्थको भाउ पनि यथावत नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।