0 COMMENTS

कात्तिक १५, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहेको जनाएको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा वर्षासहित हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

महाशाखाले राति देशभर मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।