0 COMMENTS

असोज ३०, काठमाडौँ । विश्वकप फुटबलको एसिया छनोटमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । आज हुने दुई टोलीबीच दोस्रो लेगको खेल लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

यसअघि काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो लेगमा जित निकाल्ने टिमले समूह ‘एच’मा रहेका बहराइन र युएई तथा यमन र श्रीलंकाबीचको बिजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ ।

नेपाल आजको खेल जित्दै दोस्रो चरणमा उक्लने योजनाका साथ मैदानमा उत्रने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।