0 COMMENTS

असोज ३०, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । मङ्गलबार मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते भएका हुन् । 

घाइते हुनेमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरीसहित कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

मन्दिरको गेट निर्माणका लागि निर्माण समाग्री लैजाने क्रममा दुर्घटना भएको बताइएको छ । घाइतेहरुको केशरपुर स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।