0 COMMENTS

भदौ ७, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भएको छ । बिहीबार प्रकाशको अध्यक्षतामा चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । उक्त अधिवेशनले २५ सदस्यीय नगर कमिटी समेत गठन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज ध्रुबले यो दलाल संसदीय व्यवस्थाले जनता र राष्ट्रलाई निकास दिनै नसक्ने जिकिर गर्दै जनतालाई दुःख दिने लघुबित्त लगायतका बित्तीय संस्था एवम् एमसीसीका दलालहरु, भ्रष्ट, कमिसनखोरी र राष्ट्रघाती दलालहरुलाई कदापी उन्मुक्ति दिन नसकिने बताए । उनले राष्ट्रघाती एमसीसीका दलालहरुका बिरुद्ध कडा सङ्घर्ष गर्ने चेतावनी दिँदै सबै आम जनताहरुलाई क्रान्ति र सङ्घर्षमा लामबद्ध हुन आह्वान् समेत गरे ।

प्रकाशको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज ध्रुब, अतिथिहरु चितवन जिल्ला संयोजक विकास र चितवन पुर्वि कमान्ड इन्चार्ज रणदिप रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।