0 COMMENTS

भदाै ७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी कार्यालयमा आगो लगाइदिने चेतावनी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार काठमाडौँ शान्तिवाटिकामा आयोजित एमसीसीविरोधी सभाको अध्यक्षता गरेका पार्टी कार्यालय सदस्य एवम् तीन नं. प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले अमेरिकी साम्राज्यवादलाई आकाशमा उडिरहेको गिद्दको संज्ञा दिँदै यहँका शासकहरू साम्राज्यवादका कुकुर भएकाले दुवैको स्वार्थ पूरा गर्ने, नेपाल र नेपाली जनताको हितविपरीत एमसीसी लागू हुन नदिइने उद्घोष गरे ।

कार्यक्रमको अध्यक्षता गरेका पार्टी नेता सुदर्शनले भने, ‘अमेरिकी साम्राज्यवादसँग कोही डराउनु हुँदैन । साम्राज्यवादी गिद्दलाई गोली हानेर खसाल्नुपर्छ । उसलाई यहाँ खुट्टा टेक्न दिनु हुँदैन । कुखुरा मार्न दिनु हुँदैन ।’

साम्राज्यवादलाई नेपालका गाउँ, टोलदेखि बस्ती सबैतिरबाट लखेट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिँदै कार्यालय सदस्य सुदर्शनले अब देशलाई केपी वली, शेरबहादुर देउवा वा पुष्पकमल दाहालले जस्तो पराधीन बनाउन नदिइने र सम्पूर्ण देशभक्त, क्रान्तिकारी शक्ति एक भएर स्वतन्त्र बनाइने बताए । उनले देशभक्त जनता, प्रहरी, सेना, कर्मचारी र क्रान्तिकारी शक्तिलाई राष्ट्रियता बचाउने आन्दोलनमा लामबद्ध हुन आह्वान गरे ।

कार्यक्रमको सञ्चालन पार्टी तीन नं. प्रदेश सहसंयोजक सुरेश श्रेष्ठले गरेका थिए । विरोधसभा हुनुअघि पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकहरूसहितको विशाल र्यालीले एमसीसीविरुद्ध नारा लगाउँदै शान्तिवाटिका, भोटाहिटी, असन, जमल, घन्टाघर हुँदै रत्नपार्क परिक्रमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।