0 COMMENTS

असार २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज राष्ट्रिय सम्मानसहित पशुपतिनाथ आर्यघाटमा सिताको अन्तिम संस्कार गरिएको हो । सो अबसरमा नेपाली सेनाले सलामी दिएको थियो ।

मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । उहाँको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

सिताको पार्थिव शरीरमा प्रचण्ड र छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे दागबत्ती दिएका थिए । सिताको अन्तिम बिदाईमा राजनीतिक दलका शिर्ष नेताहरु, पार्टीका नेता कार्यकर्तासँगै समर्थक शुभचिन्तकको ठूलो भिड लागेको थियो ।

अन्तिम संस्कारमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री माधव नेपाल लगायत नेताहरू सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ पुगेका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरु, सरकारका उच्च अधिकारीहरुले अन्तिम संस्कारको लागि पशुपति आर्यघाट पुगेका थिए ।

मंगलबार बिहान नर्भिक अस्पतालमा ६९ वर्षीय सिता दाहालको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।