0 COMMENTS

असार २६, काठमाडौँ । मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइएको छ । केही बेरपछि शवहरूको पोस्टमार्फत् गरिने अस्पताल स्रोतले जानकारी दिएको छ । मंगलबार विहान काठमाडौँबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका-५ लाम्जुरापास नजिक दुर्घटना भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका मृतकको शव काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिएका थिए ।

मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली पाइलट र ५ मेक्सिकन पर्यटकसहित ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा नेपाली क्याप्टेन सीबी गुरुङ, मेक्सिकन नागरिकहरु सिफुएन्तेज फेरान्डो, गोन्जालेज एब्रिक, गोन्जालेज ओलासियो लुज, सिफुएन्तेज मारिया होजे र रिनकोन इस्माएल रहेका थिए । उनीहरुको शवको उद्धार र शव संकलनका लागि अल्टिट्युड एअरका दुई र सिम्रिक एअरको एउटा हेलिकप्टर प्रयोग गरिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।