0 COMMENTS

वैशाख ३, काठमाडाैँ । पोखरा महानगरपालिका-१५ सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु भएको छ । कास्कीको पोखरा-८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा खसेको झण्डै साढे २ घन्टापछि मात्रै उनको उद्धार भएको थियो ।

उद्धारपछि बालिकालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार पराजुली काठमाडौंबाट छुट्टीमा घर गएकी थिइन् । काठमाडौँमै अध्ययनरत पराजुली शनिबार साथीसँग घुम्न सेती किनार पुगेकी थिइन् । यस्तै, सल्यानमा २० दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । शारदा नगरपालिका-७ ओख्रेनीका ३८ वर्षीय भद्रबहादुर विक हराएको २० दिनपछि शनिबार मृत फेला परेका हुन् ।

शारदा नगरपालिका–७ कागेखोलास्थित मसिना सामुदायिक वनको भीरमा सडेगलेको अवस्थामा गाईबाख्रा चराउन जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

मृतक विकका छोराले कपडाको आधारमा सनाखत गरेको उनको भनाइ छ । विक गत चैत १२ गते घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।​ विकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।