0 COMMENTS

“यस्तो मान्छे, कस्तो मान्छे दाई ?

के फरक छ र, तपाई र ति मान्छेहरुमा ? फरक छ र, दाई ? तपाईँले मेरो सपनाको फाईदा उठाउनु भयो, सहयोग गर्नुभयो र सस्तोमा पर्नुभयो । उनीहरुले मेरो अभावको फाईदा उठाएर मुल्य तिरे र महँगोमा परे । यही हो फरक ।”

एकपछि अर्को सिर्जनामार्फत दर्शक, स्रोताको मन जितिरहेका गायक प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ुसकम्बरीु युट्युब ट्रेन्डिङ १ मा पर्न सफल भएको छ । उक्त म्युजिक भिडियो बिहीबार प्रकाशकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो ।

कानमा झम्कना तिम्लाई कल्ले किन्दियो ?
नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो ?
पाउमा लाको पाउजु, हातमा लाको सुनको चुरा तिम्लाई कल्ले किन्दियो ? फूलमाया ।

गीतमा स्वर, शब्द र लय प्रकाशकै छ । स्वरमा प्रकाशसँगै वर्ता गन्दर्भ पनि सुनिएकी छन् । आफ्ना सिर्जनामा निकै मिहेनत गर्ने प्रकाशले त्यसमार्फत खास सन्देश प्रवाह गर्ने गरेका छन् । नयाँ म्युजिक भिडियोमा छोरीमाथिको विभेद अनि कलाकार बन्न चाहेकी विपन्न युवतीमाथि भएको यौन शोषण देखाइएको छ ।

जाग्यो रहर पापी सहरको
छैन सीमाना आफ्नै रहरको ।
लौ धर्मै मास्ने जहर, लौ रंगिन रंगिन रहर
तिम्लाई कल्ले किन्दियो ? फूलमाया ।
नढाक न मुहार शृङ्गारले, चन्द्रमा पनि दाग हुन्छु

आमाले छोरी मात्र जन्माएको भन्दै बुबाले दोस्रो बिहे गरेपछि आमा र बहिनीहरूको जिम्मेवारी वहन गरेकी युवतीको संघर्ष म्युजिक भिडियोमा देख्न सकिन्छ । अभाव र कमजोरीको फाइदा उठाउनेहरू जताततै रहेको यथार्थलाई गीतले उधिन्न खोजेको छ ।

जोमान साट्यौ कि ? धनको आशैले ।
बहकायो कि तिम्लाई कसैले ?
हिड्र्छाै परपर, हेर रातो स्कुटर तिम्लाई कल्ले किन्दियो ?
धुवाँसरी मन उड्न दियौ र ?
घाँटी निरै डाम के को होला नी ? फूलमाया ।
पेटको भोकैले शहर छिरायो
मनको धोकैले बाटो बिरायो ।

हिरोइन हुन शहर पसेकी युवतीलाई कसरी प्रयोग गरिन्छ, उनीमाथि केके बित्छ गीतले देखाएको छ । गाउँमा उनको नाम फूलमाया थियो तर शहर पसेपछि उनी सकम्बरी बन्छिन् । यसमा फूलमाया र सकम्बरीबीच तुलना पनि गर्न खोजिएको छ ।

गीतको अन्तिममा मन्त्री क्वाटरबाट सकम्वरीलाई फोन आउँछ, राजनीतिमा आउनको लागि प्रस्ताव गरिन्छ । सकम्वरी राजनीतिमा जालिन् त ? प्रतिक्षा गर्नुहोस् ।
प्रकाशकै निर्देशन रहेको म्युजिक भिडियोमा उनीसहित कुसुम शर्मा, सुनील थापालगायत कलाकार छन् ।

पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका गायक हुन् प्रकाश सपुत । ‘गलबन्दी च्यातियो तिम्ले तानेर’, ‘बोल माया’ र ‘बदला बरी लै’, ‘पिर’ उनका चर्चित गीत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।