0 COMMENTS

वैशाख २, काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ की आमामाथि गोली प्रहार भएको छ । शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् । बालुवाटारस्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।

प्रहरी सहायक हवल्दार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । गए राति साढे ९ बजे बजेतिर उनले गोली प्रहार गरेका हुन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । अनन्तकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।