0 COMMENTS

वैशाख २, काठमाडौँ । युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसी सेनाले ठूलो हमला गरेका छन् । रुसी सेनाले ठूला तथा अपार्टमेन्टमा हमला गरेको बताइएको छ । उक्त घरमा युक्रेनी सुरक्षाकर्मीले हतियार गोदाम बनाएकोले हला गरिएको रुसी संचारमाध्यमहरुले बताएका छन् । हमलाबाट ८ जनाको मृत्यु भएको र २१ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

ठूलो हमला भएको पुष्टि गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निन्दा गरेका छन् । उनले ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने भन्दै खोजी भैरहेको बताएका छन् । यसैगरी युक्रेन युद्धको निर्णयक मोर्चा मानिएको बखमुत पनि रुसी सेनाले कब्जाको तयारीमा जुटेको बताइएको छ ।

केही दिन पहिले सार्वजनिक भएको अमेरिकी पेन्टागनको गोप्य दस्तावेजमा बखमुत मोर्चा हारे युक्रेनले युद्ध हार्ने उल्लेख गरिएको छ । बखमुत मोर्चा हारेपछि रुसलाई रोक्न नसकिने भन्दै रुसले नियन्त्रणमा लिएको भूभागलाई छोडेर वार्ता गर्नुपर्ने समेत उक्त दस्तावेजमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।