0 COMMENTS

जेठ ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भूभागका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।