0 COMMENTS

जेठ ११, काठमाडौँ । सहकारी पीडितहरूले आफूहरूको मागप्रति सरकारले गम्भीरता नदेखाएको भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका हुन् ।

सहकारी बचत अपचलनकर्तालाई कारबाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरे पनि कार्यान्वयन नभएको भन्दै पीडितहरूले शुक्रबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए ।

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढाउने उनले बताए । उनले आफ्नो बचत फिर्ता नपाउँदाको नागरिकको पिडा सरकारले सुन्नु पर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।