0 COMMENTS

जेठ ११, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीच प्रदेश १ र ७ नम्बर प्रदेशमा एकता अधिवशेन तथा प्रशिक्षण र बैठक सम्पन्न भएको छ । प्राप्त जानकारी अनुसार जेष्ठ ९ गते एक नम्बर प्रदेश स्तरीय अधिवेशन सुनसरीको धरानमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक सिताराम बुढाथोकी, सहसंयोजक कृष्ण चौलागाईं सहित १४३ सदस्यीय एक नम्बर प्रदेश समिति गठन गरेको छ ।

अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’, अतिथिहरु केन्द्रीय कार्यालय सदस्य एवं प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश २ का इन्चार्ज सागर, केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश १ का इन्चार्ज थमन राई निर्मल, त्यस्तै केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज सुरेन्द्र भण्डारी संगम र केन्द्रीय सल्लाहकारहरू पारस, प्रगति र अरुन राजबङ्सी हुनुहुन्थ्यो ।

कार्यक्रमको अध्यक्षता प्रदेश संयोजक सिताराम बुढाथोकी, संचालन प्रदेश सहसंयोजक कृष्ण चौलागाईं नरेश तथा स्वागत केन्द्रीय सचिवालय सदस्य बालकृष्ण सुवेदी बलदेवले गर्नु भएका थियो । कार्यक्रममा केन्द्रीय समितिको परिपत्र वाचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धर्मेन्द्र बास्तोलाले जेलबाट रिहाई भएका अविनाश र सुदिपलाई खादा पहिराई स्वागत र सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लगायतका वक्ताहरुले पार्टी एकताका सम्बन्धमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी प्रदेश ७ को पनि एकता अधिवेशन सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको प्रदेश संयोजकमा रामबहादुर थारु सहसंयोजक रामबहादुर केसी सहित १०९ सदस्यीय प्रदेश संगठन समिति निर्माण गरेको छ ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक सन्तबहादुर नेपालीले गर्नु भएको थियो । अतिथिहरु केन्द्रीय कार्यालय सदस्य गुणराज लोहनी, केन्द्रीय कार्यालय सदस्य एवम सात नम्बर प्रदेश इन्चार्ज लालबहादुर जाग्री, डि डि पाण्डे , केन्द्रीय सल्लाहकार सदस्य डम्बर बिष्ट लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता राम बहादुर थारु, संचालन राम बहादुर केसी र स्वागत एकता महाधिवेशन आयोजक समिति सदस्य धनबहादुर बोहोराले गर्नु भएको थियो । कार्यक्रममा सामना परिवारका कलाकारहरूले साँस्कृतिक प्रस्तुति दिएका थिए । नवगठित प्रदेश कमिटीले जेष्ठ १० गते कन्चनपुरमा पत्रकार सम्मेलन समेतको आयोजना गरेको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यसअघि प्रदेश ३, २, ४, ५ र ६ को पनि एकता अधिवेशन सम्पन्न गरिसकेको छ । सो पार्टीले जेठ मसान्तभित्र पार्टीको जिल्ला र जवस मोर्चाको पनि एकता अधिवशेन सम्पन्न गरिसक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।