0 COMMENTS

काठमाडौँ क्षेत्र नं. २ को निर्वाचनका अभियानमा लागि रहनु भएका ने.क.पा. (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य भबिसोर पराजुलीसँग वाम लोकतान्त्रिक गठबन्धनको भावी योजनाबारे गरिएको संक्षिप्त कुराकानी :–

काठमाडौ क्षेत्र नं. २ मा खटिरहनु भएको छ, मतदाताको कस्तो अपेक्षा पाउनु भयो ?

चुनावका वेला प्रतिवद्धता जाहेर गर्ने, चुनाव जितेर गएपछि नर्फकने मुख्य गुनासो पाएको छु । विकास निर्माण, भौतिक पूर्वाधार, सडक, खानेपानी, शिक्षा स्वास्थ्य सुशासन, रोजगारी नै मतदाताको मुख्य अपेक्षा छन् । मतदाताका अपेक्षा वाम लोकतान्त्रिक गठवन्धनको सरकारले क्रमश पुरा गर्ने प्रतिवद्धता चुनावी अभियानमा जनता सामु गर्दे आएका छौं ।

यो काठमाडौंको २ मा वाम लोकतान्त्रिक गठवन्धनले जित्ने कति चुनौती छन् ?

काठमाडौं क्षेत्र नं. २ मा वाम लोकतान्त्रिक गठवन्धनको उम्मेदवारहरुले विजय हासिल गर्न त्यति धेरै चुनौती देख्दीन । किनकि पहिलो यो क्षेत्र वामपन्थिको लाल किल्ला हो । दोस्रो, वाम लोकतान्त्रिक गठवन्धनका दलहरुको जनमतका हिसाव गर्दा अहिले पनि हामी नै अगाडी छौं । तेस्रो कुरा, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र संवृद्धि यो वाम लोकतान्त्रिक गठवन्धनको मुख्य एजेण्डा भएकोले हामी प्रति जनता उत्साहित मात्र होइन आशावादी छन् । त्यती मात्र होइन, प्रतिनिधि सभा उम्मेदवार ओनसरी घर्ती, २ क मा धुव्र केसी र २ ख मा भरत कुमार फुयाँल जस्ता इमान्दार, प्रभावशाली र आफ्ना एजेण्डा लागु गर्न सक्षम र योग्य उम्मेदवार भएकाले वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुको विजय सुनिश्चित छ । त्यसकारण यसक्षेत्रमा वाम लोकतान्त्रिक गठवन्धनलाई विजय गराउन खासै चुनौति छैन ।

त्यस क्षेत्रका वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुको मुख्य एजेन्डा के–के छन् त ?

प्रमूख एजेण्डा राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र संवृद्धि हो भने क्षेत्रगत एजेण्डा शिक्षा, स्वास्थ्य, सुशासन, भौतिक पूर्वाधार, सम्पादाको संरक्षण, प्रवर्द्धन, युवा, खेलकुद तथा रोजगार, आत्मनिर्भर अर्थतन्त्र, कृषि तथा पशुपालन, सामाजिक न्याय तथा सुरक्षा र विपद् व्यवस्थापनसम्म हाम्रा एजेन्डा केन्द्रित छन् ।

त्यसवाहेक प्राविधिक र व्यवाहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलमै प्रदान गर्ने, लगानीमैत्री वातारण बनाउँदै आत्मनिर्भर अर्थतन्त्र बनाउने, जनतालाई सस्तो, भरपर्दो, गुणस्तरीय स्वास्थ्य सेवा दिने, कृषि र पशुपालनमा प्रोत्साहन कार्यक्रम संचालन गर्ने, पारदर्शी, विभेदरहित र भ्रष्ट्राचारमुक्त सेवा सञ्चालन गर्ने एजेन्डा छन् भने सामाजिक न्याय र महिला सुरक्षाका सवाल, व्यवस्थित भौतिक पूर्वाधार, विपद् व्यवस्थापनका लागि चुस्त संयन्त्र निर्माण गर्ने योजना अघि सारेका छौं । मौलिक सम्पदाहरूको जगेर्ना, सुन्दर सहर बनाउने, रोजगार, उद्यमशीलता विकास गर्ने र विज्ञहरूको मार्गनिर्देशनमा नीति निर्माण गर्ने हाम्रा गठवन्धनका उम्मेदवारहरु जनता सामु प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।