असोज २२, भक्तपुर । नेपाली जनताको चेतनामा धेरै विकास भएको अहिलेको अवस्थाले देखाएको छ । जनता टाठाबाठा भएकै कारण कसैले चुनाव नै त्याग्छ भनेर कायाकल्प पनि गरिएको थिएन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मैदानबाट बाबुराम भट्टराई पहिल्यै नै बाहिरिसकेका छन् । उनले चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।
२०४८ देखि २०७४ सम्म चुनाव जितेका बुढा नेताहरूले केही गर्न सकेनन् भनेर रवि लामिछाने सत्तामा आउन खोजेको पनि स्पष्ट बुझिन्छ । बुढा नेता र राजनीतिक दललाई गाली गरेर लामिछाने धमिलो पानीमा माछा मार्नतिर लागिपरेका छन् । नेताहरूले भ्रष्ट्राचार गरेर अपुग सम्पत्ति कमाएको बताउदैं उनी पनि त्यही बाटो हिँडिरहेका छन् । होइन् भने हिजो टिभीमा कराउने राजनीतिमा आउनुको कारण के ?
रवि लामिछाने आफू सञ्चारकर्मी हुँदा टन्नै सम्पत्ति जोडेको कुराहरू पनि निकै चर्चित छन् । उनीले कहाँबाट त्यत्रो सम्पत्ति जोडे ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शुद्धिकरण विभागले छानबिन गरेको छैन् । उनको अमेरिकाको पनि घर छ भन्ने त सबैजसोलाई थाहा नै छ । नेपालमा उनको थुप्रै अर्पार्टमेन्ट भएको बताइन्छ । उनी नेपाली बैंक र विदेशी बैंकमा टन्न पैसा भएको व्यक्तिमा पर्छन् ।
मिडिया क्षेत्रमा पनि उनको लगानी छ । उनी एक साधारण परिवारमा जन्मेका व्यक्ति हुन् । हिजोको दिनमा मिडियामा काम गर्ने लामिछानेले यत्रो सम्पत्ति कहाँबाट जोडे ? यो त सिधैं भ्रष्ट्राचार होइन् र ? देशमा राजनीतिक परिवर्तन गर्दा लामिछानेको योगदान के छ ? न उनले आन्दोलन गर्नुपर्यो । न जेल बस्नुपर्यो । न प्रहरीको डण्डा खानुपरेको थियो । अन्य नेताझैं जिब्रोमा करेण्ट लगाएको अनुभव उनीसंग छैन् ।
राजतन्त्र हटाउनका लागि उनको कुनै योगदान त गरेनन् । उनले मिडियामा चिच्याएर मुलुकमा केही परिवर्तन भएको छ ? मिडियामा कराउनु त उनको जागिर थियो । यसबाट उनले मासिक तलब बुझ्थे । जागिर खाइसकेपछि चिच्याउनु पनि पर्छ, रुनु पनि । टिभीमा चिच्याएको भरमा नेपाली जनताले भोट दिन्छन् भनेर सोच्नु सपना देख्नु मात्रै हो । दिँउसै सपना देखेर बसेका लामिछाने र उनको पार्टीलाई जनताले पत्याउदैनन् ।
लामिछानेको सम्पत्ति अख्तियार र शुद्धिकरणले छानबिन गर्नुपर्छ । उनीमाथि पत्रकार शालिग्राम पुडासैनीले गम्भीर आरोप लगाएका थिए । पैसा, प्रभाव र पँहुचको आडमा त्यो मुद्दा यत्तिकै सेलायो । फेरिपनि मुद्दा व्यँताउनुपर्छ र छानबिन अघि बढ्नुपर्छ । गरिब भएकै कारण न्याय नपाउने कार्य रोक्नुपर्छ । नागरिक समाज, मानव अधिकारकर्मी र मिडिया हाउसहरूले पुडासैनीको पक्षमा बोलिदिनुपर्छ ।
पीडितमाथि अन्याय भएको छ । उनी र उनको परिवारले न्याय पाउनैपर्छ । लामिछानेलाई भोट दिनुअघि उनको कर्तुत सम्झियौं । लामिछानेको कारणले एउटा निर्दोष पत्रकारको ज्यान गएको छ । जनताले मंसिर ४ गते ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ लाई भोट दिनुअघि एक चोटि पुनः हिजोको कुरा गहन भएर सम्झिनुपर्छ । उनको पछाडि आँखा चिम्लेर दौडिँदा पीडितले पाउनुपर्ने न्याय मर्छ ।
उनीसँगै मिडिया क्षेत्रमा खटिएका सञ्चारकर्मीहरूले अवस्था आज पनि नाजुक छ । अहिले पनि उनीहरू बहालमै बस्छन् । तिनले आफ्नो छोराछोरी पढाउन सकेका छैनन् । दुई छाक भोक टार्न उनीहरूलाई हैरानी छ । तर, सँगै आएका लामिछाने कहाँ पुगे । कारण के ? उनीहरूले आफ्नो नैतिकता गिराउन सकेनन् । न पैसाको बार्गेनिङ गर्ने क्षमता ती पत्रकारसंग थियो ।
थर्काउने, जथाभावी लेख्ने र गाली गर्न सक्ने हिम्मत जुटाउन नसकेकै कारण उनीहरू पछि परेका छन् । लामिछानेले कसरी पैसा कमाए ? त्यत्रो सम्पत्ति कसरी जोडे ? हरेक जनता र सञ्चारकर्मीलाई थाहा भएको कुरा हो । बस्, उनको विरोधमा लेख्ने र बोल्ने आँट कुनै पत्रकारसंग छैन् । इमान्दारिता र नैतिकता बेच्न नसक्नेहरूको हाल आज पनि बेहाल छन् । तापनि उनीहरू सत्यता र निष्पक्षताको पछि हिँडेका छन् ।
इमान च्यापेर खाली पेट सुतेका छन् । लामिछाने त हिजोको दिनमा आफूले गरेको गल्ती लुकाउनका लागि राजनीतिमा आएका हुन् । पार्टी खोलेर राजनीतिमा लागेपछि कसैले आफु माथि दाग लगाउन सक्दैन भनेर उनको मनमा परेको छ । उनी देश र जनताका लागि होइन् आफ्नो बचाउनका निम्ति राजनीतिमा आएका स्पष्ट छ । यस्ता व्यक्तिले मुलुकको सुधारका लागि केही गर्ला भनेर सोच्नु पनि लाजमर्दो कुरा हो ।
उनी राजनीतिमा आउनु नै देश र जनताका लागि दुर्भाग्य हो । जनतालाई भ्रममा पारेर, पैसा बाँडेर चुनाव जित्छु भनेर हिँडेका लामिछानेलाई जनताले नै पाठ सिकाउनुपर्छ । उनको कारण एउटा निर्दोष सञ्चारकर्मीले आत्महत्या गर्नुपरेको छ । उनको बाबुआमाले आफ्नो छोरा गुमाएका छन् । देशले एउटा पत्रकार गुमाएको छ । लामिछानेलाई भोट दिनुअघि पाँच चोटि सोच्नुपर्छ ।
पुडासैनीको परिवार न्यायका लागि सडकमा आउनुपर्छ । गल्ती गर्नेलाई कारबाही हुनैपर्छ । एक्लाएर छोडिएका उनका परिवारलाई आज पनि त्यही पीडामा बाँचेको छ । जनता र सञ्चारकर्मीले पीडितलाई साथ दिनुपर्छ । पीडामा परेकाहरूको आवाज सरकारसम्म पुर्याउने काम सञ्चारकर्मीको हो । तर, त्यति पनि गर्न सकेनन् । पुडासैनीको ठाँउमा हामी परेको भए के हुन्थ्यो ?
हाम्रो बाबुआमालाई कति पीडा हुन्थ्यो ? उनीमाथि अन्याय भएको छ । एउटाले स्पष्ट रुपमा अभियुक्तको नाम लिएको छ । तर, पनि ऊ निस्फिक्री भएर खुलेआम हिँडेको छ । अब आउने चुनावमा जनताले धेरै सोचविचार गरेर मतदान गर्नुपर्छ । रवि लामिछाने, केपी शर्मा ओली, महेश बस्नेत, गोकुल बाँस्कोटा, पम्फा भुसाल, जनार्दन शर्मा, माधवकुमार नेपाल, झलनाथ खनाल, रामकुमारी झाँक्री, गगन थापा, विश्वप्रकाश शर्मा, राजेन्द्र लिङदेन, रेखा थापा, रविन्द्र मिश्रलगायतलाई जनताले नै हराउनुपर्छ ।
यिनीहरू मौकाको मालिक हुन् । कहाँबाट कमाउन सकिन्छ ? र भ्रष्ट्राचार कहाँबाट गर्ने भनेर राजनीतिमा आएका व्यक्ति हुन्, यिनीहरू । २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला माओवादीले सडक आन्दोलन गरेको थियो । त्यतिखेर भद्रकालीमा अध्यक्ष पुष्पकमल दाहालसंग देशमा गणतन्त्र चाहिन्छ भनेर कम्मर मर्काइमर्काइ नाँच्ने त रेखा थापा नै हो ।
राजतन्त्र चाहिन्छ कि गणतन्त्र चाहिन्छ ? भनेर पत्रकारले सोध्दा रेखा थापाले राजतन्त्र चाहिदैन, गणतन्त्र चाहिन्छ भनेकी थिइन् । २०७० सालको चुनावमा माओवादीले टिकट नदिएपछि राप्रपामा लागेकी उनी अहिले राजतन्त्रको गुनगान गाँउछिन् । हिन्दु राज्य र राजतन्त्र भनेर ठूल्ठूला कुरा गरेर हिँड्ने पनि उनी नै हुन् । विगत पल्टाएर हेर्ने हो भने उनलाई लाज लाग्नुपर्ने हो ।
रेखा थापालाई भोट दिनुहुदैन किन कि यिनीहरू जता फाइदा हुन्छ त्यतै लाग्ने व्यक्ति हुन् । यिनीहरू पदका भोगी हुन्, राजनीति भनेको थाहा नै छैन् । कलाकारलाई राजनीतिमा ल्याएर देशको प्रगति हुन्छ ? राप्रपाका अध्यक्ष लिङदेनले पनि पाँच वर्षको कार्यकालमा केही गरेनन् । न उनी सदनमा गएर जनताको कुरा बोल्छन् न बुझ्ने कोसिस गर्छन् । बस् तलबभत्ता खाए, सरकारी सेवासुविधा लिए र देशविदेश घुमे ।
तर, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एकदिन पनि सदन जान छोडेनन् । उनी त जनताको कुरा उठाएको कहिले थाक्दैन्थे । अब पनि राजेन्द्र लिङदेनलाई भोट दिनु भनेको सरकारी सम्पत्तिको दुरुपयोग मात्र हो । एनजिओबाट पैसा खाने व्यक्तिहरूले देशका लागि के नै गर्लान् ? २०७० सालको चुनावमा देशमा हिन्दु व्यवस्था र राजतन्त्र चाहिन्छ भनेर कमल थापाले राजासंग १० करोड रुपैंया लिए । राजाले चुनाव लड्न १० करोड दिए ।
त्यही पैसा खर्च गरेर राप्रपाले २४ सीट ल्यायो, चौथो पार्टी बन्यो । २०७० देखि २०७४ सम्म तीन वटा सरकार बन्यो । ती तीन वटै सरकारमा कमल थापा नै उपप्रधानमन्त्री बने । अब पनि यस्ता फट्याहालाई जनताले भोट दिन्छन् ? राजाको १० करोड पनि झ्याम बनाइदिए । जसका कारण २०७४ मा उनको पार्टी ध्वस्त बन्यो । आँउदो चुनावपछि धेरैका लागि सदनको ढोका बन्द हुने निश्चित छ । फट्याहा, दलाली र अभियुक्तहरूले भोट पाउनेछैनन् ।