0 COMMENTS

ललितपुुर । पशु सेवा कार्यालय, ललितपुुरद्वारा रेबिज रोगको नमुना संकलन प्रयोगात्मक प्रदर्शन कार्यक्रम तथा स्थानीय तहहरुसँग समन्वयात्मक अन्तरक्रिया गोष्ठी बुुधबार सम्पन्न भएको छ । “अवरोध हटाऔँ, रेबिज उन्मुलन गरौँ” भन्ने मूूल नाराका साथ १८औँ  रेविज दिवस २०८१ को अवसरमा रेबिज रोगको नमुना संकलन प्रयोगात्मक प्रदर्शन कार्यक्रम तथा स्थानीय तहहरुसँग समन्वयात्मक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि पशु सेवा विभागका उपमहानिर्देशक डा.सुलोचना श्रेष्ठले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै आफ्नो मन्तव्य दिनुु भएको थियो । विशिष्ट अतिथि बरिष्ठ पशु चिकित्सक, केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरका डा. राम चन्द्र सापकोटाले कार्यपत्र प्रस्तुुती तथा रेबिज रोगको नमुना संकलन प्रयोगात्मक प्रदर्शन गर्नु भएको थियो । विशेष अतिथि पशु चिकित्सक, पशु सेवा तालिम केन्द्र बागमती प्रदेशका हंसरानी सम्वाहाम्फे लगायतकाले बोल्नुु भएको थियो । कार्यक्रममा विषयबस्तुमा उठेका जिज्ञासहरुमाथि छलफल तथा सुुझावहरु लिइएको थियो ।

पशु सेवा कार्यालय, ललितपुरका कार्यालय प्रमुख डा. प्रभात न्यौपानेले कार्यक्रमको उदेश्यबारे प्रकाश पार्नुु भएको थियो भने कार्यालयका पशु चिकित्सक डा. नितेश कार्कीले स्वागत मन्तव्य दिनुुभएको थियो । कार्यालयका अधिकृत कृष्ण कार्कीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

कार्यक्रममा पशु सेवा कार्यालय ललितपुरका पशु विकास अधिकृत डा. सुशिला श्रेष्ठ, डा. निसा संजेल पशु सेवा अधिकृत काठमाडौँ, पशु सेवा केन्द्र काठमाडौँका अधिकृत राम प्रसाद अधिकारी, पशु सेवा केन्द्र भक्तपुरकी अधिकृत निर्मला कडेल लगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा पशु सेवा शाखा प्रमुख/पशु चिकित्सक/प्रतिनिधिहरु स्थानिय तह पशु सेवा शाखा, कार्यालयका कर्मचारीहरु लगायतको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।