0 COMMENTS

वैशाख २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कार्ल मार्क्सको जन्म दिवसमा प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका संयोजक मोहन वैद्य ‘किरण’ ले जारी गरेको वक्तव्यमा भनिएको छ, “यतिबेला विश्व गंभीर परिस्थिति भएर गुज्रिरहेको छ । श्रम तथा पुँजीका बीचको चर्कंदो अन्तर्विरोध र यसले पैदा गरेको बारम्बारको आर्थिक संकट, एकाधिकारी पुँजीको विस्तारका निमित्त तीव्र बन्दै गएको अन्तर–साम्राज्यवादी टकराव तथा तेस्रो विश्व युद्धको खतरा एवम् साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचको विस्फोटक बन्दै गएको अन्तर्विरोध आदिका कारण साम्राज्यवादी विश्व व्यवस्था यतिबेला उम्कनै नसक्ने गरी गम्भीर राजनीतिक संकट उन्मुख छ । यसको समाधान साम्राज्यवादी पुँजीवादसँग छैन । मार्क्सद्वारा प्रतिपादित वैज्ञानिक समाजवाद नै यसको एकमात्र विकल्प हो ।”

वक्तव्यको पूर्णपाठमा भनिएको छ, “आज महान् दार्शनिक तथा राजनीतिज्ञ कार्ल माक्र्सको २०७औं जन्म दिवस हो । यस अवसरमा हाम्रो पार्टी विश्वभरिका मजदुर वर्ग तथा आम उत्पीडित जनसमुदायमा लालसलाम सहित संघर्षको सफलताको शुभकामना व्यक्त गर्दछ ।

सन् १८१८ मई ५ मा जर्मनीको ट्रियर सहरमा जन्मनु भएका कार्ल माक्र्स गत दुई शताब्दीको सर्वोच्च दार्शनिक हुनुहुन्छ । उहाँले आफ्ना सहयोद्धा फ्रेडरिक एंगेल्ससँगै प्रतिपादन गरेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद अर्थात् माक्र्सवाद सर्वहारावर्गको मुक्तिको विज्ञान हो । आज मार्क्सवाद–लेनिनवाद हुँदै मार्क्सवाद–लेनिनवाद–माओवाद/माओ विचारधारामा विकसित भएको छ । मार्क्सवादको आलोकमा श्रमजीवी वर्गले फ्रान्स, सोभियत सङ्घ, चीन लगायत विश्वको करिब आधा भूगोल र एक तिहाई जनसंख्याका बीचमा पुँजीवादलाई ध्वस्त पारी सर्वहारा जनवादको अभ्यास गर्न सफल भएको थियो । आज विश्वमा सर्वहारा वर्गको नेतृत्वमा वैज्ञानिक समाजवादी सत्ता कहीँ पनि छैन, श्रमजीवी वर्ग पराजित भएको छ । तर, यो क्षणिक हार हो ।

यतिबेला विश्व गंभीर परिस्थिति भएर गुज्रिरहेको छ । श्रम तथा पुँजीका बीचको चर्कंदो अन्तर्विरोध र यसले पैदा गरेको बारम्बारको आर्थिक संकट, एकाधिकारी पुँजीको विस्तारका निमित्त तीव्र बन्दै गएको अन्तर–साम्राज्यवादी टकराव तथा तेस्रो विश्व युद्धको खतरा एवम् साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचको विस्फोटक बन्दै गएको अन्तर्विरोध आदिका कारण साम्राज्यवादी विश्व व्यवस्था यतिबेला उम्कनै नसक्ने गरी गम्भीर राजनीतिक संकट उन्मुख छ । यसको समाधान साम्राज्यवादी पुँजीवादसँग छैन । मार्क्सद्वारा प्रतिपादित वैज्ञानिक समाजवाद नै यसको एकमात्र विकल्प हो ।

साम्राज्यवादी विश्व व्यवस्था गंभीर संकटमा फस्दै गएको र नेपाल लगायत विश्वभरिनै क्रान्तिका लागि वस्तुगत परिस्थिति अत्यन्त अनुकूल बन्दै गएको स्थितिमा हामीले यही वैशाख १८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का बीच पार्टी एकता गरेका छौं । यो अनुकूल परिस्थितिका बीचबाट क्रान्तिलाई अगाडि बढाउने जिम्मेवारी हाम्रो पार्टीको काँधमा आएको छ । “माक्र्सवाद लागु गर संशोधनवाद होइन, एकताबद्ध होऊ नफुट, खुला र स्पष्ट होऊ छलछाम र षडयन्त्र नगर” भन्ने माओको शिक्षालाई आत्मसात गरी त्यसलाई व्यवहारमा लागु गरेर मात्र हामीले हाम्रो काँधमा आएको जिम्मेवारी पुरा गर्न सक्छौं र यहीँ नै कार्ल माक्र्सलाई स्मरण गर्नुको सही अर्थ रहन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।