0 COMMENTS

वैशाख २, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी समर्थित अखिल नेपाल आदिवासी जनजाति महासंघको छाता संगठन अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको २ नं. प्रदेश स्तरीय संयुक्त भेला सम्पन्न भएको छ । महोत्तरी जिल्लाको बर्दिबासमा शुक्रबार उक्त भेला अखिल नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय कोषाध्यक्ष भरत बुर्जा मगरको प्रमुख आतिथ्यतामा समपन्न गरिएको थियो ।

महासंघको केन्द्रिय सदस्य तथा २ नं.प्रदेश संयोजक तुन बहादुर बलम्पाखीको अध्यक्षता र संचालनमा सम्पन्न गरीएको उक्त भेलाले निम्न अनुसारको अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाका प्रदेश कमिटी निर्माण गरेको छ, जसमा संयोजक :– इन्द्र बहादुर जर्धा मगर र सदस्यहरुमा लालकृष्ण रानामगर, नरमाया राना मगर, भिम आलेमगर र सानुमायाँ आलेमगर हुनुहुन्छ ।

उक्त भेलामा मोर्चाका फ्रयाक्शन ईन्चार्ज क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समिती सदस्य कुमार राई, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय सल्लाहकार झमानसिं बलम्पाखि मगरले मन्तव्य राख्नु भएको थियो । त्यसैगरी अखिल नेपाल थारु राष्ट्रिय मुक्तिमोर्चा सूर्यनारायण चौधरीको संयोजकत्वमा अस्मित चौधरी, देवानन्द चौधरी, बुनिलाल, चौधरी र ब्रमदेव चौधरी हुनुहुन्छ ।

उक्त मैनालाई प्रमुख अतिथी महासंघका कोषाध्यक्ष भरत बुर्जा मगरले वैचारिक, सैध्दान्तिक र संगठनिक वारेमा प्रशिक्षण दिनु भएको थियो । सोही दिन चैत्र २८ गते २ नं. प्रदेशको धनुषा जिल्लाको गणेशमान नगरपालिका वडा नं. ४ को विरेन्द्र वजारमा अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाको जिल्लाको कार्यकर्ता भेला मोर्चाको केन्द्रिय अध्यक्ष भरत बुर्जाको उपस्थितीमा सम्पन्न भई निम्न अनुसार धनुषा जिल्ला संगठन समिती निर्माण गरियो ।

उक्त जिल्ला संगठन समितिमा संयोजक :– सानुमाया आलेमगर र सदस्यहरुमा बल बहादुर थापामगर , भिम बहादुर आलेमगर,गर्ज बहादुर पुलामी , ठक कुमारी रैकार मगर चयन हुनु भएको छ ।

चैत्र २९ गते प्रदेश नं. २ को महोत्तरी शिल्लाको बर्दिवास बजारमा अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला भेला केन्द्रिय अध्यक्ष भरत बुर्जा मगरको विशेष उपस्थितीमा सम्पन्न गरी निम्न अनुसार जिल्ला संगठन समिती निर्माण गरियो : संयोजक : – ईन्द्र बहादुर जर्घा मगर र सदस्यहरु क्रमस लालकृष्ण राना मगर, अमृत सिजाली मगर, तिलक वहादुर किङरिङ र कृष्ण वहादुर रानामगर हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।