0 COMMENTS

पुस २८, काठमाडौँ । बाँकेको नेपालगञ्जबाट काठमाडौँका लागि गुडेको यात्रुबाहक बस दाङको भालुवाङमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सातजनाको घटनास्थलमै, चारजनाको उपचार गर्न लैजाने क्रममा बाटोमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा नेपालगन्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडाका अन्दाजी ३०/३५ वर्षीय शौरभ विष्ट, जुम्लाको चन्दनाथ ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजनको मृत्यु भएको छ । रुकुम गोतामकोट ९ का २५ वर्षीय दीपक डाँगी, भारतको पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्रराम, भारतकै उत्तर प्रदेशको अतिकुल्ला खैरेका ३१ वर्षीय मुने र काठमाडौं चन्द्रागिरि नगरपालिका १५ का ६५ वर्षीय ताराकान्त पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य चारजनाको सनाखत हुन सकेको छैन । उनीहरू करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ । घाइते २२ मध्ये सातजनालाई बुटवल, नौजनालाई नेपालगञ्ज र ६ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आइरहेको भे १ ख ३००१ ख ३९१२ नम्बरको बस गएराति साढे १० बजे राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो । प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।