0 COMMENTS

मङ्सिर १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तकारी) को केन्द्रीय संयोजक मिलन राई नेतृत्वको स्वयंसेवक टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । भूकम्प प्रभावित क्षेत्रको उद्धार र पुर्ननिर्माणको लागी क्रान्तिकारीका केन्द्रीय संयोजक राईको नेतृत्वमा गएको विद्यार्थी स्वयंसेवकहरुको टोली राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ गएको हो ।

भूकम्पको मुख्य प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका अती भुपकम्प प्रभावित गाउँबस्तीहरुमा विद्यार्थीको स्वयंसेवक टोली पुर्ननिर्माण अभियानमा खटिने अखिल (क्रान्तिकारी) का केन्द्रीय सह-संयोजक विरेन्द्र शाहले जानकारी दिए । उनका अनुसार संगठनका संयोजक राईको नेतृत्वमा देशभरका भौगोलिक तथा गैरभौगोलिक प्रदेशबाट प्रतिनिधित्व हुँने गरेर विद्यार्थी नेताहरु स्वयंसेवक टोलिमा सहभागी बन्नेछन् ।

भूकम्प प्रभावित क्षेत्रमा पहिलो चरणको स्वयंसेवक टोली पश्चात दोस्रो, तेस्रो गरेर क्रमशः रुपमा स्वयंसेवक टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने कार्यक्रम तय गरिएको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।