0 COMMENTS

मङ्सिर ७, काठमाडौँ । काठमाडौँको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

निषेधित क्षेत्र पस्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा प्रहरीसँग प्रसाईँका पक्षधरको झडपसमेत भएको छ । नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अश्रुग्यास प्रहारपछि भागाभाग भएका थियो । प्रदर्शनकारीहरू तितरबितर भएर अहिले बल्खुचोक नै खाली भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।