0 COMMENTS

मङ्सिर ७, काठमाडौँ । सिरहा जिल्लामा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार हिजो साँझ भएको दुर्घटनामा सिरहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहको मृत्यु भएको हो ।

प्रवक्ता पाण्डेका अनुसार पूर्वबाट पश्चिमतर्फ गुडेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् । घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि विराटनगर लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।