0 COMMENTS

कात्तिक २३, काठमाडौँ । जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितहरूलाई सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब सहयोग गर्ने भएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक-एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

एक साताअघि जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुलो धनजनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।