0 COMMENTS

कात्तिक २२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा छाडिएका छाडा चौपायालाई भोलिदेखि काञ्जी हाउसमा राख्ने भएको छ । काठमाडौँ महानगरका मेयर बालेन साहले दक्षिणकाली नगरपालिका–७ मा रहेको काञ्जी हाउसमा राखिने चौपायालाई खुवाउन महानगरले १० मेट्रिक टन साइलेज खरिद गरिसकेको बताए ।

चौपायाको रेखदेख गर्न दुई जना कामदार पनि खटाइने उनले जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेको छन्, ‘हामी काठमाडौँ महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छौँ ।’

सडकमा छाडिएका चौपायाले भोक लागेका बेला खान र तिर्खा लागेका बेला पानी नपाएको, विरामी हुँदा उपचार नपाएको र सडकमा दुर्घटनाको समेत जोखिम भएकाले काञ्जी हाउसमा राख्न लागिएको मेयर साहले बताए ।

‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गर्दैछौँ’, उनले सामाजिक सञ्जालमार्फत भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।