0 COMMENTS

भदाै २८, काठमाडौँ । तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय झण्डा ओढाएर पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अन्त्येष्टी गरिएका थिए भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएका थिए ।  दाहसंस्कारका क्रममा उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिएको थियो । 

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको थियो । छोराहरु विदेशबाट आउन ढिला गरेका कारण निधन भएको तीन दिनमा अन्त्येष्टी गरिएको हो ।

स्व.नेम्वाङको अन्तेष्टिमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा, विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका उपलब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो सङ्ख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।

नेम्वाङको गत मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो । नेम्वाङका श्रीमती दुई छोरा र दुई छोरी छन् ।

नेम्वाङको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।