0 COMMENTS

भदाै १८, काठमाडौँ । कोशी प्रदेश नामाकरणविरुद्ध किरात समुदायले ललितपुरमा ५ सय च्याब्रुङसहित प्रर्दशन गरेका छन् । सोमबार किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसर पारेर किरात समुदायले ५ सय वटा च्याब्रुङ्सहित ललितपुरको जावलाखेलमा प्रर्दशन गरेका हुन् । कोशी प्रदेशको नाम खारेजगर ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान/किरात कायम गर भन्ने मूल नाराका साथ जावलाखेल चोकबाट ललितपुर चुम्लुङ् हिमसम्म र्याली निकालेका हुन् ।

उक्त आन्दोलनामा आशबहादुर थग्लुङ्ले नेपाल बहुजाती, बहुभाषिक र समानता भएको देश भनेर राष्ट्रिय गानमा मात्रै सिमित भएको तर व्यवहारमा नभएको भन्दै आन्दोलनमा उत्रिएको बताए । उनले मौलिक हिसाबले जनजातीहरुको स्वतन्त्र हुनुपर्नेमा सरकारले ब्यान्ड लगाईदिएको भन्दै अधिकार पनि निश्चित हुनुपर्ने बताए । उनले भने, ‘नेपाल भनेको बहुजाती, बहुभाषिक भएको देश हो, यो कुरा राष्ट्रिय गानमा आयो तर व्यवहारमा भने भएन, हाम्रो अधिकार हाम्रो अधिकार पनि निश्चित होस् । संविधानमा नै हाम्रो अधिकार खोसिएको छ, जुन मौलिक हिसाबले जनजातीहरुको स्वतन्त्र हुनुपर्नेमा सरकारले ब्यान्ड लगाईदियो हामीले पहिला नै गाई राष्ट्रिय जनावर नराखौँ भनेर भनेका थियौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।