0 COMMENTS

भदाै १८, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमले एकता भेला तथा प्रशिक्षणको तयारी गरेको छ । अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी पश्चिमले भोलि भदाै १९ गते (मङ्गलबार) एकता भेला तथा प्रशिक्षण तयारी गरेको केन्द्रीय सदस्य सन्देश सापकोटाले जानकारी दिए ।

दिब्यज्योति बहुमुखी क्याम्पस चिसापानीमा आयोजना हुने एकता भेलामा जिल्लाका सातै पालिका र बिभिन्न शैक्षिक संस्थाका इकाईहरुबाट प्रतिनिधिहरु सहभागी हुने सापकोटाले बताए । भेलाले जिल्लाको शैक्षिक आन्दोलनलाई उठान गर्नका लागि कार्यदिशा समेत तय गर्ने सापकोटाको भनाई छ । उनका अनुसार भेलाले जिल्ला सम्मेलनको मिति तथा सम्मेलन सम्पन्न गर्नका लागि जिल्ला सम्मेलन आयोजक समिति समेत गठन गर्ने कार्यसूची रहेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता सम्पन्न भएपछि विद्यार्थी संगठनबीच एकता हुन लागेको हो । जिल्ला र पालिकास्तरमा दुई क्रान्तिकारी पार्टीबीच एकता सम्पन्न भइसकेको छ । जनवर्गीय मोर्चा संगठनहरुका एकता भेला तथा प्रशिक्षण तिब्र बनाउने क्रममा विद्यार्थी संगठनको एकता तय भएको सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।