0 COMMENTS

भदाै ८, काठमाडौँ । एमसीसी परियोजना स्थल काठमाडौँको जरसिङ पौवा (लप्सी फेदी) मा क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपालले विरोध प्रदर्शन गरेको छ । बिहीबार पार्टी निकट अखिल नेपाल आदिवासी जनजाती महासंघको आयाेजनामा विरोध प्रदर्शन गरेको हो ।

विरेध प्रदर्शनलाई क्रन्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काठमाडौँ जिल्ला पार्टी संयोजक प्रकाश, महासंघका केन्द्रीय सदस्य तथा नेवा मुक्ति मोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठ, अखिल नेपाल आदिवासी जनजाती महासंघका केन्द्रीय सदस्य तथा तामाङ मुक्ति मोर्चाका केन्द्रीय महासचिव सुरेस तामाङ, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी सङ्खरपुर नगरका संयोजक बिरताले सम्बोधन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन अखिल नेपाल आदिवासी जनजाती महासंघका केन्द्रीय सदस्य ज्ञानेन्द्र प्रजापतिले गरेका थिए ।

“पहिचान सहितको संघीयताको लागि संघर्ष गरौँ राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ एमसीसी खारेज गरौँ” भन्ने मूलनारा सहित कार्यक्रममा बोल्दै नेताहरुले एमसीसी परियोजनालाई कुनैपनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । यो दलाल राज्यसत्ताले नेपाली जनताको मर्म र भावना बिपरीत जनतालाई धोका दिएर राष्ट्रघाती एमसीसी पारित गरेका थिए । अमेरिकी साम्राज्यवादका मतियार भ्रष्ट सरकारले जुन एमसीसी परियोजनालाई यहि भाद्र १४ देखि कार्यान्वयन गर्ने भनिरहेको छ । तर, यो परियोजना नेपाल र नेपाली जनताहरुको हितमा कदापी नभएको भन्दै कार्यान्वयन होइन, पूर्णरुपमा खारेज गर्नुपर्ने धारणा कोणसभामा वक्ताहरुले राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।