0 COMMENTS

साउन ३१, चितवन । चितवनको टिकौली जंगलमा आज बिहान भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा विहान ११ः४० बजेको समयमा अक्सफोर्ड कलेजको बस, शव बोकेको बोलेरो र ६ वटा मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् ।

उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको गैंडाकोटको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बलेरोलाई ठक्कर दिँदा बागमती प्रदेश ०६–००१प ९९८१, बा.प्र ०३–००५प ९७, ,ना६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ नम्बरको मोटरसाइकलहरु, बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटर सहित सम्पूर्ण सवारी साधनहरु एक आपसमा ठक्कर खाएको थियो ।

प्रहरी चौकी गोन्द्राङबाट करिब ५०० मिटर दुरीमा भएको यो दुर्घटनामा २० जना घाइते भएका र उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाईतेहरुः
(भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु)

१.जि.चितवन खैरहनी नगरपालिका–४ बस्ने बर्ष अन्दाजी ६०र६५ को कृष्ण ब.तामाङ (गम्भिर) ।

२.जि.मकवानपुर हेटौँडा उपमहानगरपालिका–१४ बस्ने बर्ष अं.६०र६५ को महोन तामाङ (गम्भिर) ।

३.जि.चितवन खैरहनी नगरपालिका–१ बस्ने बर्ष अं.८२ को जित ब.तामाङ (गम्भिर) ।

४.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.५०र५५ को कुसुम ब।राना (गम्भिर)  ।

५.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.३८ को सुरेश श्रेष्ठ(गम्भिर) ।

६.जि.चितवन रत्ननगर–९ बस्ने बर्ष अं.३०-३५ को किशोर तामाङ (गम्भिर) ।

७.जि।चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.५०र५५ को डोल ब.कार्की (गम्भिर) ।

८.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ४१ को पुर लामा (गम्भिर) ।

९.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ (गम्भिर) ।

१०.जि.चितवन रत्ननगर–१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले (गम्भिर) ।

११.जि.काठमाडौँ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ (मध्यम) ।

१२.जि.चितवन रत्ननगर–१६ बस्ने बर्ष ४७ को दिल ब.घिसिङ (मध्यम) ।

(नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते)

१. बलेरो गाडीमा सवार जि.नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा (मध्यम)

(पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु)

१.बा.प्र.०३–००६ प ९९८१ नं.मो.सा.चालक जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ३३ को शंकर परियार (सामान्य)

२.सोहि पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३६ को दिबेश शाक्य

३.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ५० को आईतराम कामि (मध्यम) ।

४.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–३ बस्ने बर्ष ४४ को गोपाल तामाङ (मध्यम)

५. बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष २६ को पुष्प तामाङ (मध्यम)।

६. बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ३८ को कृष्ण लामा (मध्यम) ।

७.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–३ बस्ने बर्ष ४५ को जिवन लामा (मध्यम) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।