0 COMMENTS

साउन २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्रीमा नियुक्त गर्ने बताइएको छ । जनमतले साहको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरिसकेको छ । तर, कुन मन्त्रालय दिने भन्ने तय भएको छैन ।

२५ सदस्यीय मन्त्रिपरिषद् अहिले पूर्ण रहेकाले माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी साहलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री प्रचण्डको योजना छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।