0 COMMENTS

साउन २८, काठमाडौँ । स्पेनिस ला लिगाको नयाँ सिजनमा स्पेनिस क्लब रियल मड्रिडले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–० गोलले हराउँदै रियलले सुखद सुरुवात गरेको हो ।

बिल्बाओको घरेलु मैदान सान मामेसमा भएको खेलमा रियलका लागी रोड्रिगो र जुड बेलिङ्घमले एक–एक गोल गरेका थिए । खेलको २८ औँ मिनेटमा रोड्रीगोले रियललाई अग्रता दिलाएका थिए । उनले ड्यानी कार्भाजलको पासमा निअर पोस्टबाट गोल गरेका थिए ।

यस्तै, ३६ औँ मिनेटमा बेलिंघमले गोलको खाता खोल्दै अग्रता दोब्बर पारे । योसँगै रियलले पहिलो खेलबाट ३ अंक बटुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।