0 COMMENTS

साउन ४, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीको प्रथम बैठक सम्पन्न भएको छ । जिल्ला इन्चार्ज किशोर र संयोजक सुजन आयामले मंगलबार प्रेस विज्ञप्तिमार्फत आम उत्पीडित जनतामा सुसूचित गर्न उक्त बैठकबाट गरिएका निर्णयहरु सार्वजनिक गरेका छन् ।

वर्तमान समयमा चरम रुपले बढिरहेको राजनीतिक अस्थिरता र आर्थिक परनिर्भरताले नेपाली जनताको दैनिक जीवन निकै कष्टकर बन्दै गइरहेकोले उक्त संकटबाट देश र जनतालाई मुक्त गर्न वर्तमान दलाल पुँजीवादी संसदीय प्रणालीको अन्त्य गरेर श्रमजीवी जनताको वास्तविक व्यवस्था जनवाद–वैज्ञानिक समाजवादको स्थापना अवको अनिवार्य विकल्प बनेको भन्दै जिल्ला इन्चार्ज र संयोजकले विज्ञप्तिमार्फत महान अभियानमा सहभागी हुन सम्पूर्ण देशभक्त, राष्ट्रवादी र उत्पीडित जनसमुदायलाई आह्वान् समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।